एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपाललाई



नमस्ते नेपाल कोरिया संवाददाता -

 सउल।मलेसियामा सम्पन्न एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियालाई ३२ रनले हराउदै नेपालले ऐतिहासिक जित हासिल गरेको हो । किनारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।  आयोजक मलेसिया ३६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमा अल आउट भएको थियो।
नेपालका लागि पवन सर्साफले सर्वाधिक ४४ रन बनाए। २६ बल खेलेका पवनले २ छक्का र ४ चौका प्रहार गरेका थिए।समूह चरणका चारै खेल जितेको नेपालले आजको खेलमा मलेसियासँग कम्तिमा बराबरी गर्नसके उपाधि हात थियो । प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने नियम छ।

नेपालले पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एकऔएक अङ्क बाँडेको थियो ।
नेपालले बुधबार मलेसियालाई पराजित गर्दे पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने सुनौलो अवसर पायो । , मलेसियासँग अघिल्लो संकरणको हारको बदलासमेत लिन पाउनेछ । अघिल्लो संस्करण सन् २०१२ मा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको सो प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको थिएन ।
यस्तै यसअघि चार खेल खेलको नेपालले चारै खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यो । नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमानलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट छ टोलीबीच पहिलो पटक राउन्ड रोबिन लिगका आधारमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।टोलीमा नेपालसहित मलेसिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्डले भाग लिएका थिए ।

,

0 comments

Write Down Your Responses

-->