कोरियन मनमा आदिकवि भानुभक्त

मञ्जु गुरुङ ,दक्षिण कोरिया 
नेपालले उनलाई जीवन दिएको बेला
उनले प्रकृतिको सास र पुर्खाको आत्मालाई अनुभव
गरे
त्यो सास अनि त्यो आत्मा मुखबाट उच्छिट्टिएर
आक्षर हुदाँ
उनी नेपालको आदिकवि भए ।

कोरियन कवि किम यिहाले आदिकवि भानुभक्तको परिभाषालाई उपर्युक्त काव्यमा यसैगरी प्रस्तुत गरे । यसलाई हामी अनुमान गर्न सक्छौ कोरियन कवि मनमा पनि आदिकवि भानुभक्त आचार्य विराजमान हुन सफल भयो । कोरियन साहित्यमा पनि नेपाली राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको चिनारी बड्दै गयो ।
२०७१ अषाढ २९ गते दक्षिण कोरियामा पहिलो पटक मनाएको आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोहमा कोरियन कवि यिहाले उपर्युक्त कवितालाई आफ्नै भाषामा वाचन गरेर सुनाउनु भएको थियो । जसलाई मोहन कार्कीले नेपाली भाषामा अनुवाद गरी समारोहमा संकलित सृजना संग्रहमा समावेश गरिएको छ । त्यसो त आदिकवि भानुभक्त आचार्य बारे नै लेखिएका कोरियन कवि किम ह्योङ ह्योको अर्को कविता पनि नेपालीमा अनुवाद गरी संहग्रमा समावेश गर्न सफल भएका छौ । जसले कोरियन साहित्य सर्जक माझ पनि आदिकवि भानुभक्त आचार्यको पहिचान गराउन थप सहयोग मिलेको छ ।
भानुजयन्ती समारोहमा शुरुदेखि अन्तसम्मको उपस्थीतले पनि कोरियन कवि तथा सिनेकर्मीहरुको आदिकवि भानुभक्तप्रति रुचिलाई थप पुष्टी गरेको थियो । भाषा नबुझे पनि उनीहरुको कवि मनले नेपाली साहित्यीक कार्यक्रमलाई सफल पार्न भरपुर साथ दिएका थिए । समारोहका प्रमुख अतिथि राजदूत कमानसिंह लामासंग अकंमाल गर्दै उनीहरुले नेपाली र कोरियन भाषा, साहित्यको मित्रतालाई गाढा पार्न आग्रह गरेका थिए । त्यसो त कोरियामा बाक्लो हतियारधारी सुरक्षाकर्मीको घेरामा देखिने अन्य दूतबासभन्दा नेपाली दूताबास फरक पाएपछि उनीहरुले नागरिकप्रतिको उदारताको प्रसंशा पनि गरेका थिए ।
त्यति मात्र हैन भानुजयन्ती समारोहमा प्रस्तुत सृजनालाई संकलन गरी पुस्तीकाको रुपमा प्रकाशन गर्न कोरियन कवि किम ह्योङ ह्यो र मुन छाङगिलको आर्थिक सहयोग पनि रहयो । जसले कोरियामा नेपाली साहित्यलाई फूल्न सहयोग पुराउनुका साथै दुई सयौ विषेश भानुजयन्तीलाई ऐतिहासिक बनाउन गहन भूमिका रहयो । यसरी कोरियामा मनाइएको पहिलो विषेश भानुजयन्ती समारोह नेपाली र कोरियन साहित्यको पुल बन्यो ।

0 comments

Write Down Your Responses

-->