चैाथो नागार्जुन कप फुटबल प्रतियोगीता २०१४ " कार्यक्रमको तयारी तिब्र

विकास मोक्तान ,दक्षिण कोरिया l 


(विजेता टिमलाइ नगद १२ लाख वन,शिल , मेडल तथा प्रमाणपत्र) 
२०१४ सेक्टेम्वर ९ तारीख तोङ्दुछन फुटवल ग्राउनमा नागार्जुन गुम्वा दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको चैाथो नागार्जुन कप फुटवल प्रतियोगीताको सम्पूर्ण तयारी तिब्र पारिएको छ ।

साथै उक्त प्रतीयोगितामा भाग लिन चाहनुहुने टिम हरूलार्इ यही अगस्ट 20 तारीख भित्र टिम दर्ता गर्न अनुरोध समेत गरेको छ ।

प्रतियोगिताको नियमहरु
.1सो प्रतियोगिताको प्रत्येक खेल ५० मिनेटको हुनेछ l
2.प्रत्येक खेलमा पहिलो हाफ २० मिनेट ,दोस्रो हाफ २० मिनेट तथा रेष्ट समय १० मिनेटको हुनेछ l
3.सो प्रतियोगिताको खेलमा खेल बराबरीमा तुंगेमा पेनाल्टी मार्फत विजेता घोषणा गरिनेछ l
4.टिम दर्ता शुल्क २ लाख ५० हजार वन लाग्नेछ ।
5.उक्त प्रतियोगिता प्रत्येक टिमले ५० हनार वन डिपोजिट राख्नुपर्नेछ l
6.खेलमा पहेलों कार्ड पाएको खण्डमा १० हजार वन तथा रातो कार्ड पाएको खण्डमा २० हजार वन कट्टा गरि बाँकि रकम फिर्ता गरिनेछ l
7.खेलको लागि चाहिने ड्रेस ,जुता तथा अन्य सामानहरु सहभागी खेलाडीहरुले जुटाउनु पर्नेछ l
8.टिम दर्ता अगस्ट २० तारिख भित्र गरिसक्नु गर्नेछ ।
9.रेफ्रीको निर्णय अन्तिम निर्णय हुनेछ l

पुरस्कार वितरण
सोहि दिन खेलको समाप्ति पश्चात पुरस्कारको वितरण गरिनेछ l प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद १२ लाख वन,शिल , मेडल तथा प्रमाणपत्र दिर्इनेछ । दोस्रो हुने टिमलाइ नगद ६ लाख, मेडल, प्रमाणपत्र दिइनेछ भने बेस्ट प्लेयर, बेस्ट स्कोर तथा बेस्ट किपरलाइ आकर्षक पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।

साथै उक्त प्रतियोगितामा नेपाली खानाको स्टल राखिने समेत गुम्वाका प्रमुख लामा उर्गेन तामाङले बताउनु भएको छ l

0 comments

Write Down Your Responses

-->