राति जब काम गर्छु

-कबिता- 
-कमल प्रसाद अर्याल  -

काम गर्छ ऊ ,म अस्तित्व
भोक्ता
ठिंग उभिन्छ ,
परक्क बटारिन्छ
ठिस्स,ठिस्स पीरो धुवाँ फाल्दै
शरीर यन्त्र सहयोगी
चल्छन् हात,गोडा र शरीर
सामान बन्दैछ
दुवै यन्त्र  हार्डडिक्सको उपज
ऊ एकतमास एकै काम गर्छ
यी विद्युतीय झट्का झैँ
संवेदना फेरिरहन्छ,
यन्त्र बनाउने मान्छे
पाँचतारे होटलमा सेमिनार गर्दैछ
यी यन्त्र बनाउने मेरी आमा
पर्खालको डिलमा
चिउडोमा हात टेकाएर
आकासतिर हेर्दै छिन्
जहाजको ध्वनिसंगै
निराश बनेर
म गान्धी बन्दै सम्झन्छु
गान्धी आश्रम खादी भण्डार
चाइनासित घम्साघम्सी
फेल भए तुलसी मेयर ,
पेट कटक्क काट्छ
पिच्च मासी झर्छ
पल्याक पुलुक गर्दै फर्कन्छु
टि टि गर्न थाल्छ  गज्धम्बे
सातो लिन्छ कोही
झसंग हुन्छु ,प्याट प्याट
लात्ती बर्सिन्छ
ऊ गजक्क पर्छ
म अमीलो
समान्यताको साधना
प्रसन्नताको चेष्टा
संयमित हुन्छु
देश बनाउन थाल्छु
कथा, कविता र उपन्यास
मानस काब्य
दर्शन जन्मन्छ
म देश बनाइरहेको हुन्छु
मार्क्स ,लेलिन र माओ बन्छु
पररर ताली
फर्कन्छु
ऐना अघिल्तिर
थप्पडका दाम मुसारिरहन्छु
परिवर्तित समयको माग
समस्या,समाधान र विकल्पको
रेशा तानिरहन्छु
छिमेकी साँध मिचिरहन्छ,
घरमा ढोल बजाउछ
नाच्छन् सन्तानहरू
म तमासे केवल तमासे
आमालाई बाबु बाबुलाई छोरो
छोरोलाई बाबु घोषणा गर्दिन्छ
सबै ताली पिट्छन्
म खाली तमासे फिस्स हास्छु
मलाई गोली बोक्ने आदेश हुन्छ
एक घाँन मकै र कोदालो लिएर निस्कन्छु
नेता रगत माग्छन्
म पसिना दिने कुरा गर्छु
जीवन दिन सक्दिन आक्रोश पोख्छु
मर्ने भए मर झुण्डिएर मर
अनायास  कठोर हुन्छु
ठाडो आदेश दिन्छु
लाखौ सैनिक परेड खेल्न छाडेर
हुम्ला जुम्ला र कालीकोटमा सडक खनिरह्न्छ्न्
स्कुल कलेज र कार्यालय निर्माणाधीन छन्
जनता देश बनाउदै छन्
कुलो नहरले गरा भिजिरहेका हुन्छन्
सुरुंग मार्गमा मोटर कुद्छ
दोर्दीले झिलिमिली पार्छ
पूर्व पश्चिम मेट्रो सेवा
शाही औषधि लिमिटेडका कर्मचारी
बदम सुन्तला छोडाउन छाडेर
सडक बढारिरहेका हुन्छन्
बृधाश्रम,वालगृह,अपांग आश्रम सम्पन्न
माग्नेहरू धमाधम काम गर्दै छन् माग्न छाडेर
गाँस वास र कपासमा साझा हक
जीवेम शरद सतम्
सहना भवतु
संग्रह गर्दैन कोही
वेदोखिलो धर्ममूलम्
बसुधैव कुटुम्बकम्
मूलको पानीले तिर्खा मेट्छन् जनता
'वाटर' निर्यात हुदैन
वैदिक साम्यवाद उत्तिष्ठत जाग्रत
स्वीजरल्याण्ड,वेलायत बन्दैन
मेरो देश बन्छ
सुन्दर शान्त विसाल
प्राधिकरणका कर्मचारी
सुन्धारा ओर्लन्छन्
दायाँ बायाँ रेलिंगतिर बक्र दृष्टि लगाउछन्
थुक्क! थुक्क गर्दै
बक्रदृष्टि लगाउछन्
हो ,त्यहाँ ६०१ अपराधी बाधिएका हुन्छन्
म आकासे पुलबाट एकतमास हेरिरहन्छु
कोही झर्कन्छ
म तर्सन्छु
जब राति काम गर्छु
म देश बनाइरहेको हुन्छु l

-कमल प्रसाद अर्याल ,दक्षिण कोरिया 

0 comments

Write Down Your Responses

-->