श्रीमती हुन्नन हजुर आफ्नै बशमा

कविता 
लक्ष्मी प्रसाद भण्डारी 


मन लोभिन्छ एउटै केरामा
श्रीमतीलाई सकेसम्म नराख्नु है डेरामा

गाऊ छोडी बजार झर्छन छोरा छोरी पदाउन
दुई चार् कमाएको पैसा पनि बजार मै चदाउन

म त सोझो श्रीमती कस्ती-कस्ती
यता हाम्लाई दु:ख गर्छन् उता मोजमस्ती

मकै खान्नन एकै घान भुटी
खान्छिन खाजा बियर र सुकुटी

म त प्रदेश , घरकालाई के टेर्ने
आउछ रे भेटनलाई दाई पर्ने

छोरा छोरी स्कुल पठाउछिन
आफू भने दिन् भरि हराउछिन

साथी आथ्यो कोठैमा पसेर
डुल्छिन अरे पल्सरमा बसेर

उनी भन्दा त छोरा छोरी पहिले कोठामा आई पुग्छन
उनी आउँदा त साझ् परि सकेको हुन्छ् छेउछाउका कुकुर पनि भुक्छन

अनि मलाई फोन् गर्छिन छैन् पैसा घर भाडा तिर्न
के को घर भाडा मात्र हुन्थ्यो हजुर पुगेन उनलाई घुम्न र फिर्न

म पनि सोझो त्यस्तै महिना मरे पैसा पठाई दिन्छु पुग्दैन कहिल्यै पन्ध्र दिन्
न त मान्छिन लाज , शरम न त मान्छिन घिन

घर जादा हिसाब खोज्यो हिसाब नै मिल्दैन
अझै पनि भन्ने गर्छिन एउटा गतिलो साडी किन्देन


शङ्का गरि कुरा झिके खाई दिन्छिन कसम
श्रीमती हुन्नन है हजुर आफ्नै बशमा२


लक्ष्मी प्रसाद भण्डारी
कास्की लेखनाथ दुङ्गेपाटन -१२ हाल- गुनसान दक्षिण कोरिया 

0 comments

Write Down Your Responses

-->