चर्चित गायक भारत सिटौलाको " कुन फुल होला " रिलिजको तयारीमा

नमस्ते नेपाल कोरिया डट कम
 हरे राम, म अनि तिमी, रिया, कि त माया जस्ता चर्चित गित गाएका   गायक भरत सिटौला लामो समयको अन्तरालपछि संगीत प्रेमीमाझ झुल्किँदैछन् ।   हालै नया गित " कुन फुल होला " को भिडियो  छिट्टै रिलिजको क्रममा रहेको गाएक सिटौलाले आफ्नो फेसबुक  टाइमलाईन मार्फत चर्चामा आउने कोशिस गर्दैछन् ।

गाएक भरत सिटौलाले ले  गाएको गीत ‘कुन फुल होला …’ बोलको गीतलाई निर्देशक जीवन थापाले निर्देशन गरेका हुन् । हरियो पर्दा लगाईएको एकै कोठामा छायांकन गरी तयार उक्त भिडियोमा भरतको फेसबुक टाइमलाइन देख्न पाईनेछ । छिट्टै रिलिजको क्रममा रहेको उक्त भिडियो अरुभन्दा बिल्कुल फरक बनेको निर्देशक जिबन थापाले नमस्ते नेपाल कोरिया डट कम   लाई बताए । भिडियोमा पूर्णरुपमा ग्राफिक्स प्रयोग गरिएको छ ।

उक्त गीतमा संगीत पनि भरतको नै रहेको छ भने शब्द डा. बद्रि पोखरेलका रहेका छन् । भिडियोलाई मल्टी मेट नेटवर्कले तयार पारेको हो । भिडियोमा भरत सिटौला आँफै देखिनेछन् । उनको अपोजिटमा निलुले अभिनय गरेकी छिन् ।

0 comments

Write Down Your Responses

-->