मानसिक रोगको उपचारको लागि किम्हे माईगे्रन्ट हाउस र हान साराङ हस्पिटल बिच सम्झौता
निर्मल थपलिया ,दक्षिण कोरिया
बैदेशिक कामदार र बहु साँस्कृतिक परिवारमा बडदै गएको आत्महत्या र डिप्रीसेसन जस्ता मानसिक रोग को उपचार को लागि किम्हे माईगे्रन्ट हाउस ले किम्हे स्थित हान साराङ हस्पिटल बिच एक सम्झौता भएको छ ।
जस अनुसार कोरियामा मेडिकल बिमा नभएका प्रबासि हरु लाई ५०% छुट दिईने छ र बिमा हुने हरु लाई ३० % दिईने भएको छ । प्रबाशि हरुको नियमित स्वास्थ परिक्षण र उपचार को लागि किम्हे स्थित सेन्थम हस्पिटल हस्पिटल संग पनि यस्ता संझैता भएको छ । आगामि दिनमा यस्तै अरु हस्पिटल संग पनि गरिदै जाने किम्हे माईगे्रन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीले नमस्ते नेपाल कोरिया डट कम लाइ बताए ।
0 comments
Write Down Your Responses