कास्की परिवार दक्षिण कोरियाको विशेष अधिबेसन सम्पन्न नेतृत्वमा प्रविन गिरि चयन

नमस्ते नेपाल कोरिया सम्बाददाता l २ डिसेम्बर,२०१९ l
सऊल ,दक्षिण कोरिया l
"संगठित समुह नै प्रदेशको सहारा हो" भन्ने मुल नाराको साथ सम्पुर्ण कास्केलीहरुलाई एक जुट गराउँदै प्रवासी भूमीमा एक-आपसमा सहयोग र सद्भाव राख्ने उद्देश्यले २००८ मा स्थापना भएको कास्की परिवार,द. कोरियाको हिजो डिसेम्बर १ तारिखमा छैठौं बिशेस अधिवेशन सउल दोंदेमुन आगमन रेस्टुरेन्ट सभा हलमा सम्पन्न भएको छl उक्त अधिबेशनले प्रविन गिरीको नेतृत्वमा १४ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
सस्थाका अध्यक्ष सुरज गुरुङ सभापति रहनु भएको उक्त अधिबेशनमा एन सी सी अध्यक्ष अन्जु केसी प्रमुख अतिथि , बिशेष अतिथि एन आर एन महासचिव ड़ा. बिमल सुबेदी लगाएत बिभिन्न संघ सस्थाका अध्यक्ष प्रतिनिधिहरु, बुद्दिजिबिहरु,कास्की परिवारका सरक्षक, सल्लाहकारहरु सगै कास्केली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिमा सम्पन्न भएको थियो l
सचीव पुरण गुरुङ ले वार्षिक प्रतिबेदन तथा बरिस्ट उपाध्यक्ष रमिला गौतम द्वारा स्वागत मन्तब्य राख्नुभएको थियो lसस्थाका अध्यक्ष द्वारा अधिबेशनको पहिलो सत्रलाई समापन गर्ने क्रममा पाचौ कार्यसमितिको कार्यावधीमा सस्थालाइ बिभिन्न तवरले आर्थिक नैतिक तथा भौतिक सहयोग पुर्याउनु हुने सम्पुर्ण ब्याक्तित्व हरुलाइ धन्यवाद दिदै, कार्यसमितिलाइ विधिवत रुपमा विघटन गर्दै, अधिबेशनको पहिलो सत्रलाई औपचारिक रुपमा समापन भएको घोषणा गर्नु भयो । दोश्रो चरणमा सस्थाका सरक्षक खोम गुरुङको सयोजकत्वमा डा.बिमल सुबेदी ,सल्लाहकार नबिन गुरुङ को ३ सदस्यीय निर्वाचन समिति मार्फत निम्नानुसार पदाधिकारीहरु चयन भएका छन् l
कार्यसमितीमा चयन हुनुभएका पदाधिकारी हरू
१ अध्यक्ष प्रबीण गिरी
२ बरिष्ट उपाध्यक्ष पुरन गुरुङ
३ उपाध्यक्ष टेकनाथ भण्डारी
४ उपाध्यक्ष ज्योति नेपाली
५ उपाध्यक्ष आरती ह्योल्मो
६ सचिब बिनोद दाहाल
७ सह सचिब टोप गुरुङ
८ कोषाध्यक्ष नन्दजंग गुरुङ
९ सह कोषाध्यक्ष एस पी अधिकारी
१० सदस्य हेसब श्रेष्ट
११ सदस्य बिजय गुरुङ
१२ सदस्य राम बहादुर क्षेत्री
१३ सदस्य सुरेश सुनार
१४ सदस्य रूप गुरुङ

,

0 comments

Write Down Your Responses

-->