एन्प्रिकको डान्स पार्टीले सलनालको पहिलो रात तताउने


नमस्ते नेपाल कोरिया
सोल, १९ जनवरी २०१६ l

नेपाली पार्टी रकर्स इन कोरिया एनप्रिक-(NPRIK) कोरिया ले आउदो सलनालको अवसर पारी फेब्रुवरी ७ मा नाइट धमाका डान्स पार्टी कार्यक्रम आयोजना :

कोरियामा रहेका नेपालीहरुलाई भरपुर मनोरंजन दिलाउन कोरियाको बिसेष चाडबाड तथा पर्बहरुमा बिगत वर्षहरुमा झैँ यो वर्ष पनि एनप्रिक ले भब्य डिजे फुल धमाका डान्स पार्टीको आयोजना गर्ने भएको हो l यहाका युवा नेपालीहरुको बढ्दो माग , माया, र साथले गर्दा हामी सो कार्यक्रम गर्न आतुर र अत्यन्तै उत्साहित रहेको सो समुहले बताएको छ l
सो पार्टीको तयारी भैसकेकोले सलनाल फेब्रुवरीको ७ को पहिलो रातमा सम्पूर्ण नेपाली युवा युवतीहरुलाई सामेल भएर मनोरन्जन लिनुहुन एन्प्रिक सबैमा हार्दिक अनुरोध गरेको छ l

डान्स पार्टी विवरण:-

मिति:- ०७ फेब्रुवरी २०१६ सलनालको पहिलो नाईट
समय :- साझ ०९ बजेदेखि बिहान ५ बजेसम्म
स्थान:- ड्रिम प्यालेस ०९ तला- दोंदेमुन- जोंग्नो ३गा गेट-१५ ( ५०मि. पर)

आकर्षण:- डिजे- जेनी होनको ( कोरियन गर्ल फिचरिंग )


0 comments

Write Down Your Responses

-->