कोरियन प्रहरीद्धारा नेपाली महिला सरिता सम्मानित
देवेन्द्र सम्बाहाम्फे
कोरियन प्रहरी कार्यालयले रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारी गर्न यहाँ आएकी एक नेपाली महिला कामदारलाई सम्मान गरेको छ ।
कुमि नगरपालिका प्रहरी कार्यालयले त्यस क्षेत्रको सामाजिक सुरक्षामा उल्लेखनीय सहयोग पुर्याए बापत सुनसरी इटहरीकी सरिता खवासलाई सम्मानपत्र प्रदान गरेको हो । प्रहरीले गत अप्रिलमा सम्मान गर्ने निर्णय गरेको भए पनि खवासले आफ्नो व्यस्तताका कारण सामान–पत्र केही दिन अघिमात्र ग्रहण गरेकी थिइन् ।
कुमि बिश्वबिद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा सम्मान पत्र हस्तान्तरण गरिएको थियो । सम्मान पत्रमा कुमि बिश्वविद्यालयमा अध्ययन गरिरहेका बिदेशी बिद्यार्थीहरुको अभिभावकत्व निर्वाह गर्न जिम्मेवारी पनि दिइएको छ ।
खवास २००८ को डिसेम्बरमा ईपीएसबाट पहिलो पटक कोरिया आएकी हुन् । उनी गिम्छनस्थित हान सुङ नामक धागो कम्पनीमा कार्यरत छिन् । कम्पनीमा सबभन्दा मेहनती र ईमान्दार भएकाले उनलाई अरु ४ बर्ष १० महिनाको रोजगार अवधी थप गरिदिएको छ ।
मेहनती र इमान्दार भएकैले कम्पनीले खवासलाई अध्ययन गर्न कुमि बिश्वविद्यालयमा दुई बर्ष अघि सिफारिस गरेको थियो । खवास राति कम्पनीमा काम गरेर दिउसो कलेज जाने गर्छिन् ।
सरकारले निर्धारण गरेअनुसारको कोरियन भाषा उत्तीर्ण गरे खवासले दक्ष कामदारको दर्जा पाउनेछिन् । खवास कोरियन प्रहरीद्वारासम्मान र जिम्मेवारी पाउने सम्भवत पहिलो नेपाली महिला कामदार पनि हुन् ।
- विदेशी विद्यार्थीलाई अभिभावकत्व निर्वाह गर्ने जिम्मेवारी

0 comments
Write Down Your Responses