नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको बिस्तारित बैठक बस्ने

नमस्ते नेपाल कोरिया सम्बाददाता
१६ जुलाई ,२०१५

एमाओबादी समर्थित प्रवासि संगठन नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको नियमित तथा बिस्तारित बैठक बस्ने भएको छ ।
 मंचले  यहि जुलाई १९ तारिक को दिन सौल स्थित जोङगाक स्टेशन गेट न २  बाट यु टर्न बायाँ अनि सिधै करिब २  मिनेट  अगाडि रहेको दुर्गा रेस्टुरेन्टमा दिनको ठिक १०  बजे उक्त  बैठक बस्ने हुदा सम्पुर्ण मन्च आबद्ध साथीहरू,सल्लाहकार ज्युहरु केन्द्रिय समितीका साथीहरू ,छेत्रीय समितिका साथीहरू ,इलाका समितीका साथीहरू लाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

संविधानको निम्ति हामीले के कस्तो सुझाव दिन सकिन्छ त्यो बारेमा र समसामयिक विषयहरु,बिगतका केही विषय बस्तुहरु मा समिक्षा पनि गरिने हुदा सबै साथीहरूको गरिमामय उपस्थिति लागि समेत अनुरोध गरिएको छ।

प्रबास बाट नेपाली दूतावास मार्फत समेत सुझाव संकलन गर्न सोही दिन अन्तरक्रिया आयोजना भयकोले समयमै उपस्तिथि जनाइ दिनु हुन र हाम्रो सुझाव के हुन सक्छ र के भुमिका निर्बाह गर्न सकिन्छ सो बारेमा बृहत छलफल गर्न बारे बैठक  बस्ने हुदा सम्पुर्ण केन्द्रिय समिती सदस्य ज्युहरु,सल्लाहकारज्युहरु,क्षत्रीय तथा एरिया समिती सदस्यज्युहरु साथै  मन्चमा  आबद्ध तथा शुभचिन्तक ज्युहरु सम्पुर्ण लाई यसै समाचार  लाई आधार मानेर उपस्तिथितिको लागि हार्दिक अनुरोध गरेको छ ।

सम्पर्कको लागि 

सागर न्यौपाने अध्यक्ष -01044741984
दिलिप धिताल सल्लाहकार -01026914155
चुडामणि अधिकारी प्रचार बिभाग प्रमुख  01064692944

नेपाली जनअधिकार मन्च
दक्षिण कोरिया
अध्यक्ष सागर प्रसाद न्यौपाने

0 comments

Write Down Your Responses

-->