एन सि सि निर्वाचनमा चरम धाधँली :-शंकर बस्नेत

नमस्ते नेपाल  कोरिया संवादाता
३० जुन २०१५
कोरिया
नेपाली  समपर्क समितिको जुन २८ तारिखमा सउलको एमटीयु हलमा  सम्पन्न भएको १५ औं अधिवेशन एन सि सि कैं चरम लापारवाहीको कारण निर्वाचनमा धाधँली भएको एन सि सिका  अध्यक्षका उम्मेदवार शंकर बस्नेतले दाबी गर्दै आज एक प्रेस बिज्ञप्ति जारी  गरेका छन् ।

शंकर बस्नेत द्वारा जारी 

प्रेस विज्ञप्ती 

नेपाली सम्पर्क समिति दक्षिण कोरिया नेपालीहरुको ईतिहास बोकेको संस्था हो । यही २०१५ जुन २८ तारिखको अधिवेशनको क्रममा मत पत्र च्यातिएको , फर्म भरेका व्यक्तिहरुको नाम नभेटिएको र फर्जी मत खसेको छ । अधिवेशनलाई मर्यादित बनाउन आफूहरुले भरमग्दुर प्रयास गरेका थियौं । तर यसका आयोजकहरुको चरम लापरवाहीको कारण निर्वाचन प्रकृयामा धाधँली भएको सर्ववित्तितै छ ।

नेपालीहरुको साझा संस्थालाई केही व्यक्तिहरुको ईशारामा जसरी कब्जा गर्ने प्रयास भएको छ । यसलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले कुनै हालतमा स्वीकार गर्न सक्दैनौं । निर्वाचन प्रकृयामा भएको त्रृटिलाई रोक्न आफुले आफ्नो समर्थकहरुको च्यातिएको भेटिएका ३६ बढि मत मत्र र त्यसका प्रमाण सहित निर्वाचन समितिमा जानकारी गराएको हो ।
 यस संगै धेरै मत पत्र गायब भएको हुदा आफूहरुले निवेदन दिएको र त्यसको वेवास्ता भएको हुदा निर्वार्चन प्रकृयाको केही समय पछि नै आफ्ना १५० भन्दा बढि समर्थक सहित वहिस्कार घोषणा गरेका हौ । तर कुनै व्यक्तिको निर्णयमा बनाइएको निर्वाचन समितिले त्यसलाई समेत लत्याएर जुन एकलौटी ढंगले निर्वाचन परिणाम घोषणा गरेको छ यसमा मेरो गम्भीर आपत्ति रहेको छ ।

निर्वाचन प्रकृयामा त्रृटि भेटिएपछि निर्वाचन प्रकृया स्थगीत गर्नुपर्ने सर्वमान्य नियमलाई समेत लल्याएर निर्वाचन प्रकृयामा भएको त्रृटिलाई सच्चाउने अथवा पुन अधिवेशन सार्ने वाटो विकल्प हुदा हुदै जवरजस्ती ढंगले अधिवेशन भएको घोषणा गर्ने कार्यको भत्र्सना गर्दछु ।
अर्का उम्मेदवार समेत रहेका वलराम पुनले समेत निर्वाचन वहिस्कार गरेको अवस्थामा छानविन गर्न दिएको आवेदनलाई समेत निर्वाचन समितिले लत्याउने गम्भीर त्रृटी गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । दुईजनाको मत संख्या जोडदा बहुमत हुने हुदा हाम्रो अपिललाई वेवास्ता गरेर अगाडि बढने निर्वाचन कमिटीलाई मान्न बाध्य नहुने पनि जानकारी गराउन चाहन्छौं  ।

कोरियामा रहेका विभिन्न संघ संस्थाले अधिवेशन सार्न माग गर्दा समेत नसारेर जवरजस्ती अधिवेशन गर्नुको रहस्य प्रस्ट भईसकेको छ । अधिवेशनको लागि पुरानो कार्यसमितिका सचिव र कोषाध्यक्षले औचित्य नभएको प्रेस विज्ञप्ती जारी गरिसकेका छन ।
अहिले पनि पुरानो कार्यसमितिका वहुसंख्यक सदस्यहरु यो निर्वाचन प्रकृया गलत भएको निष्कर्षमा पुगिसकेको हुदा यो अवैधानि निर्वाचन प्रकृया स्थगित गर्न माग गर्दछु ।
पुरानो कार्यसमितिको बरिष्ठ उपाध्यक्ष ,सचिव, कोषाध्यक्ष लगायत पदाधिकारी यसको पक्षमा भईसकेको र अधिवेशन गर्ने आधिकारीक माईन्युट समेत नपाइएको हुदा यो निर्वाचनको औचित्य पुष्टि नहुने जानकारी गराउछु । यस्तो अवस्थामा पुराना कार्यसमितिका सदस्यहरुलाई आपतकालिन बैठक बसि यो अधिवेशन अवैधानिक भएको ठहर गर्न पनि ध्यानाकर्षण गराउन चाहन्छु । र सो बैठकले अर्को अधिवेशन तोक्न अथवा वृहत भेला बोलाउन पनि माग गर्दछु ।

यस्तो निर्वाचन प्रकृयामा गरिएको धाधलीको छानवीन गर्न माग गर्दै आहिलको कार्यसमितिलाई सपथ नखुवाउन निर्वाचन समितिलाई ध्यानाकर्षण गराउन चाहन्छु ।
अधिवेशनको  क्रममा ठूलो धनराशी जम्मा भएको छ । कोरियाको स्थानीय कानुन अनुसार छानविन गर्ने आधारहरुको वारेमा कानुनविदरुहरु संग छलफल गरि अगाडि बढनेछौं ।

स्मरण रहोस यसरी जम्मा भएको पैसा कसलाई कसरी हस्तान्तरण भयो कहा खर्च भयो भन्ने बारे हामीले कोरियन कानुन अनुसार प्रश्न सोध्न सकिने प्रशस्त आधारहरु छन । यसलाई पुरा नगरी हस्तान्तरण गरेको त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने छ ।
हामीले यसको लागि रकम घोटाला सहितको निवेदन दर्ता गराएपछि पहिले देखि अहिलेसम्म एन सि सि का सबै आर्थिक कुरा कानुन अनुसार छानविन हुने छ ।
आफुले गरेको वैधानिक प्रकृयामा रहेका काम गर्न र सत्य तथ्य छानविन गर्न गरेको मागमा कोरियामा रहेका विभिन्न संघ संस्था र नेपाली समुदायको साथ रहने विश्वास लिएको छु । यसको छानविन गर्नको लागि अहिले भरिएका फर्म , हालिएको मत पत्र सहित सम्पुर्ण रेकर्ड सुरक्षित राखी सर्वपक्षिय छलफल गर्न जोडदार माग गर्दछु  । निर्वाचन समितिसंग रहेका सम्पूर्ण हिसाब किताव तथा प्रमाण सर्वक्षिय भेलामा राख्न र यसको छिनोफानो नभएसम्मको लागि हिसाब किताव नबुझाउन तथा सपथ ग्रहण कार्य नगराउन माग गर्दछु ।
यसरी गरिएका मागहरुको वेवास्ता गरिएमा आफूले समानान्तर रुपमा एन सि सि को कार्य सञ्चालन गर्ने पनि चेतावनी दिन चाहन्छु ।
अध्यक्षका उम्मेदवार
शंकर बस्नेत ।

0 comments

Write Down Your Responses

-->