कोरियन र श्रीलंकाली नेपाली म्यूजिक भिडियोमा -भिडियो सहित

नमस्ते नेपाल कोरिया सम्बादाता
१९ जुन ,२०१५

छाती भित्र दम छ  पिरतीको लगन गाठो फुकाएर गयौ’  को म्युजिक भिडियो बजारमा :-  



 नेपालको  ख्याती प्राप्त गायक हेमन्त शर्मा द्वारा स्वोरबद्द  छाती भित्र दम छ 'अर्को गजल अन्जु पन्त द्वारा स्वर भरीएको पिरतीको लगन गाठो फुकाएर गयौ को म्युजिक भिडियो बजारमा सार्बजनिक भएको    उक्त गीत छाती भित्र दम छ मा मधु सस्रुको मार्मिक शब्दहरु  छन  भने मोडलमा   कमल वली, किम हि जिन (कोरिया) श्रीन्दे जयसुर्या (श्रीलंका) हरुको रहेको छ।  तिनै सश्रुका दुई गजलको म्यूजिक भिडियो  गत अप्रिल २० मा यू टूयूब मार्फत सार्वजनिक गर्दै  म्युजिक नेपाल प्रालि द्वारा बजारमा ल्याइएको हो  l दुवै गजलमा संगीतकार कमल अधिकारीको संगीत रहेको भने कदम एल्बममा संग्रहित सो गीत बबईम्युजिक प्रालिले प्रबर्धन गरेको  l 

अर्को गजल पिरतीको लगन गाठो फुकाएर गयौ’मा अलिशा शिंह, प्रकाश शर्मा कुशल न्यौपानेले अभिनय गरेका छन्   यी दुवै म्यूजिक भिडीयोको छायाँकन दक्षिणकोरियामा गरिएको हो

कोरियाको ब्यस्त रोजगार सगै फुर्सदको समयलाई सदुपयोग गर्दै गीत संगीत, कला लाई टेवा पुर्याउन निरन्तर   म्युजिक भिडिओ निर्माणमा जुटिरहेको  कमल ओली   ले बताएका छन् l
प्रबाशी भूमिमा रहेतापनि आफ्नो गीत,संगीत र सिर्जनालाई जगाई राख्नको लागी यसरी लागी परेको सो  समुहमा आबद्ध रहदै  आउनुभएका प्रकाश शर्माले नमस्ते नेपाल कोरिया लाई बताए l साथै यस गीतलाई पूर्ण बनाउनको लागी  सहयोग दिनुहुने सम्पूर्णलाई आभार  व्यक्त गर्दै आगामी दिनमा निरन्तर  आगाडी बढ्न  सबैको साथ् र हौसलाको खाचो रहेको बताएका छन् l

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला  


जब छाती भित्र गम हुन्छ 

पिरतीको लगन गाठो [https://www.youtube.com/watch?v=KncZF7DmzZs]



0 comments

Write Down Your Responses

-->