नेपाल सरकारद्वारा शेष घलेलाई बिशेष दूतमा नियूत्ति
नमस्ते नेपाल कोरिया
Jun 14, 2015
काठमाडौं, जेठ ३१ ।
सरकारले गैरआवासीय नेपाली संघ एनआरएन का अध्यक्ष शेष घलेलाई सरकारको विशेष दूतमा नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले घलेलाई पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन विशेष दूत बनाएको हो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशस्थित संघ संस्था र समुदायसँग घलेले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् ।
अन्तरराष्ट्रिय क्षेत्रबाट गैर आवासीय नेपालीहरुबाट सहायता जुटाउन भूमिका खेलिरहेका घलेलाई सरकारले सहायता अभिवृद्धिमा योगदान गर्न सरकारको विशेष दूतका रुपमा औपचारिक जिम्मेवारी दिएको हो ।
देशको पुनर्निर्माणका लागि ठूलो रकमको जरुरत रहेकाले सरकारले घलेलाई यो जिम्मेवारी दिएको हो । भूकम्प पीडितको राहतका लागि यसअघि एनआरएन अध्यक्ष घले एक्लैले दुई करोड रुपैँया सहयोग गरेका थिए । एनआरएनकै नेतृत्वमा नेपालमा आठ हजार घर निर्माण हुँदैछ ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरलाई आगामी एकबर्षका लागि भूकम्पबाट संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
0 comments
Write Down Your Responses