सगरमाथा जस्तो सिर [कविता ]




कबिता

सगरमाथा जस्तो सिर
तराइ जस्तो छाती
हिम नदि जस्तो सागर भेट्ने
रहर बोकेर जुन तारा टिपि लान
आएको थियो उ कोरिया ।
किन यति चाडै उस्को सिर
हिमपग्लेर कालो पथ्थरले
बनेको कालो सगरमाथा जस्तो भयो?
किन उस्को छाती चारैतिर पहाडले घेरिएको साघुरो
उपत्यका जस्तो भयो?
किन उस्को रहर खहरे खोला जस्तै सुकेर गयो?
जुन तारा टिपिलान आएको उ
तर किन फेरि नउदाउने गरि
अस्ताएर गयो
यो प्रदेसी माटोमा ?
यी सबालहरु ले चिथोरिरहेको छ
जवाफ खोज्दै मेरो मन मुटु
मथिङ्गललाई निरन्तर निरन्तर।
कन्चन्जङ्गा र कुम्भकर्णको काखमा
जन्मेर हिउँ र बरफ्हरु संग खेल्दाखेल्दै
हुर्के बढेको उ तर कसरि कोरियाको
माइनस 19 डिग्री ले उस्को हात झारी दियो
मुटु धड्कन सास नै रोकि दियो ह?
मधेसको खेतहरुमा 37 ,38 डिग्रीमा
हलो जोत्ने माछा मार्ने कसरी कोरिया को
28 ,29 डिग्री घाम्ले डढायो उस्लाइ?
यी सबालहरुले जवाफ माग्दै चिथोरिरहेछ
मेरो मन मुटु मथिङ्गल लाई
निरन्तर निरन्तर।
दस बर्से जनयुद्दमा छापामार हुदा
कैले नथाकेको उ
जनआन्दोलनमा हनुमान ढोका ,पृतना
को सामु कैले नझुकेको उ
अन्नपुर्ण मा पाइला राख्दा
कैले नगलेको उ
किन कोरियाको काम सङ्ग थाक्यो?
किन आफै संग झुक्यो ?
किन यो प्रदेसी माटोमा गल्यो ?
यी सबालहरुले जवाफ माग्दै चिथोरिरहेछ
मेरो मन मुटु मथिङ्गल लाई
निरन्तर निरन्तर।
घाटिमा पासो लाउनु अघि उस्ले पनि
सम्झ्यो होलानी
बुढा बा बुढी आमा
रहर लाग्दा भाइ बैनिहरु
अनि बाटो कुरेर बसेको खाली सिउदो
मुटु झिकी दिने साथिहरु
र स्वर्ग भुमी मात्रु भुमी नेपाल।
किन उस्को मन फर्केन
नफर्किने खोला जस्तै?
बगेको बग्यै गयो
को दोसि तिमी, म ,स्वयम उ, नेपाल सरकार
राजनेता ,परिवार ,रोज्गारदाता ?यै
एउटा सबाल छोडेर अस्ताएको छ
एउटा बिहानी घाम कैले
नउदाउने गरि l

 सुब्बा डम्बर :- धरम्पुर झापा

0 comments

Write Down Your Responses

-->