उमसङ नेपाली सहयोग समितिद्वारा मृगौलाका बिरामीलाइ सहयोग

बाबु राम पोख्रेल ,कोरिया  
दक्षिण कोरियाको  उमसङ नेपाली सहयोग समितिमा आवध्द बहिनी जानुका लिम्बु (सिम्ले गा.वि.स.वार्ड नं.-५,तेह्रथुम )का मृगौला रोगवाट पिडित दाजु  गोपाल लिम्वुलाइ  संस्थाले सहयोग गरेको छ l

मुगुकको वोर्ल्ड मार्केटमा नेपालीहरु र कोरियन नागरिक खो सोफियाद्वारा संकलित ५लाख २० हजार कोरियन वोन विरामिकी बहिनी जानुका लिम्बुलाई समितिका उपाध्यक्ष श्री दिपक दाहालको हातबाट हस्तान्तरण गरिएको हो ।
हाल भारतमा उपचार गराइरहनु भएका   गोपाल लिम्वुको घरको आर्थिक अवस्था एकदम कमजोर छ l बिरामीको  रोगको इलाज(मृगौला प्रत्यारोपण) गर्न न-भ्याउने भएकोले निजको स्वास्थ्य लाभको कामना गर्दै  उमसङ नेपाली सहयोग समितिले रकम संकलन गरि सहयोग गरेको हो  l  सहयोग कार्यक्रम संगै   दिपक दाहालको अध्यक्षतामा   उमसङ क्षेत्रमा रहेका नेपालीहरुको  भेला पनि  सम्पन्न गरिएको छ।

0 comments

Write Down Your Responses

-->