पोखरामा जङ्ल फेस्टिबल शुरु, राउटेले गरे उदघाटन।

निर्मल थपलिया ,कोरिया 
पोखराको शान्ति बन क्षेत्रमा शुक्रबारबाट एक हप्ता सम्म चल्ने गरि  जङ्गल फेस्टिबल शुरु भएको छ । राउटे जाति मुख्य आकर्षक रहने फेस्टिबलको शुरुमा शान्ती बाटिकाबाट राउटेहरुको समूह, हात्ति, टाङ्गा, गिद्धको आकृतिमा मानव र्याली शुरु गरि पोखराको प्रमुख स्थलको परिक्रमा गराइएको थियो ।  रिवन हटाएर हात्तीले  प्रवेश द्वार खुल्ला गरेको थियो भने राउटेको मुखिया बालकृष्ण शाहिले बिरुवा रोपेर पानी हालेपछी  फेस्टिबलको शुरुवात भएको थियो ।  परिचय नेपालको आयोजना रहेको  उक्त फेस्टिबलमा अध्यक्ष सोभित बस्यालले जङ्गलमा पाइने सम्पुर्ण चिज हेर्न र अनुभव गर्न कुनै कमि नराखेको बताउनु भएको छ ।  नेपालको हिमाल देखि तराईसम्मका  १६ जातका जनावर र १८ प्रजातिका चरा चुरुङिको  हेर्न पाइनुको साथै जङ्गलमा डोरिमा झुन्डिएर खेलिने खेलको मज्जा लिन सकिने छ । संगीतिक कार्यक्रमको उद्घोषण दिनेश डि सि ले गर्ने भएको छन इन्दिरा जोशी, मिलन आमात्य बम ब.कार्की ,कन्दरा ब्यान्ड लगायत  नेपालका ख्यती प्राप्त कलाकार हरुको प्रस्तुती रहने छ ।

0 comments

Write Down Your Responses

-->