“नेपाल हाउस कोरियालाई नेपाल र नेपालीको गौरब र एकताको प्रतिक बनाऔं !”
केपी सिटौला ,दक्षिण कोरिया
सन १९९१ अन्त्य र ९२को शुरूतिरबाट संख्यात्मक रूपमा नेपालीहरू कोरिया प्रवेशको इतिहास शुरू भएको हो । १९९४को प्राविधिक तालीम प्रणाली हुदै १९९८को औद्योगीक तालीम प्रणाली(ITS) र २००४बाट इ पि एस प्रणाली लागु भए पनि नेपालीहरू इ पि एसमा २००७बाट आउन सुरू गरेपछि कोरियामा नेपालीहरूको संख्यात्मक वृद्धि भएको हो । यो सँगसँगै सन २०००तिरबाट व्यापारि, विद्यार्थी अनि पछि आएर वैदेशीक विवाहमा आउनेहरूको संख्याले पनि ठूलै भाग ओगटेको छ । विभिन्न उद्देश्य अनुसार कोरिया प्रवेश सँगसँगै नेपालीहरूका समस्याहरू पनि वर्गिकृत हुदै र बढदै गए । शुरू शरूमा नेपाली संपर्क समितिले प्रमुख भूमिका निभाएको थियो भने समयको परिवर्तन सँगै NRN लगायत अन्य संघसंस्थाहरू र कोरियामा नेपाली राजदूतावासको स्थापना पछि सामाजिक सेवाका रूपहरू पनि धेरै परिवर्तन हुन थाले । गैरआवासिय नेपालीहरू विश्व सञ्जालमा सामेल हुँदै NRN कोरियाको स्थापना २००६ सँगै 'बुद्ध नेपाल' र 'नेपाल हाउस' जस्ता महत्वपूर्ण कार्यले विश्वव्यापी समर्थन पाउन सफल भएपछि कोरियाको परिस्थिति र आफुले थेग्न सक्ने भारलाई मध्यनजर राख्दै सन २०१०मा दोङदेमुन नजिकै सानो सेल्टरको रूपमा 'नेपाल हाउस' कोरियाको जन्म भएको हो । सोहि ठाउको वर्ष दिनको अनुभव र अन्य आवश्यक सेवा सुविधालाई मध्यनजर गर्दै विस्तारित रूपमा दोङदेमुनबाट नजिकै वन्नाम्दोङमा २०१२देखि सञ्चालनमा ल्याइएको हो जस्को नेतृत्व म आफैंले लिएको हुँ । १००जना भन्दा बढिको सभा सेमिनार, बैठककक्ष, सेल्टर र एउटा अफिस कोठा सहित हालसम्म व्यस्तताका साथ संचालित छ । हाल आएर नेपाल हाउस नेपाली र नेपाली समुदायका लागि अपरिहार्य स्थान बन्न पुगेको छ ।
अब प्रशंग परिवर्तन गरौं ।
दीर्घकालिन नेपाल हाउसको बारेमा :-
कुनै पनि काम शुरू गर्नु अघि सहयोग माग्नु भन्दा शुरू गरेपछि सबैको सहयोग लिन सजिलो र विश्वासनिय हुन्छ भन्ने दृढ संङ्कलप् सहित निवर्तमान NRN को कार्यसमितिले नेपाल हाउस विस्तार गर्ने आँट गर्यो । संचालको क्रममा विना बजेट नियमित मासिक खर्च गर्ने विषयमा विभिन्न एजेन्डा, चन्दा संकलन, सहयोग कार्यक्रमहरू निरन्तर गरिरहँदा पनि हामीले सोचे जस्तो बजेट तयार गर्न गाह्रो भएकै हो । योभन्दा अघि नेपाल हाउस विस्तार गर्ने क्रममा सहयोगको हात फैलाउदा मन खोलेर सहयोग गर्नुहुने परोपकारि मनहरूलाइ मैले सम्झनै र आभार प्रकट गर्नै पर्ने हुन्छ । जस्मा NRNA बर्तमान अध्यक्ष शेष घले(अस्ट्रेलियन डलर $5,000), के. पी सिटौला(१०लाखवन), रूद्र शर्मा(१०लाखवन), अर्जुन सिटौला(१०लाखवन), जनसम्पर्क समिति कोरिया(५लाखवन), लोचन राई ५ लाख , कुलेंद्र पुन ३ लाख,बाग्लुङ संपर्क समिति (५लाखवन), डाइनामिक मोरङ (५लाखवन), राप्ति संपर्क समिति(५लाखवन), नवलपरासी सेवा समाज(५लाख ५०हजारवन), चितवन सम्पर्क समिति(५लाखवन), गोर्खा परिवार (५लाखवन), KEB बैंक (एअर कण्डिसनर), प्रकाश धमला (५लाखवन), धर्म के शी(३लाखवन), राम थापा(३लाखवन), धर्म के शी(३लाखवन) । हामीले प्रतिबधता गरे अनुसार ३लाख भन्दा बढी सहयोग गर्ने चन्दादाताहरुको नाम ताम्र पत्रमा र त्यो भन्दा तलका चन्दा दाताको नामावली क्रमैसँग राखिनुका साथै दोहोर्एर दिएको सहयोगलाई एकमुस्ट बनाइ सबै हिसाब संस्थागत गराइने कुरामा म पुन प्रतिबद्धता जनाउदछु । सहयोगी रकम सानो ठुलो भन्दापनि बदी भन्दा बदी संयुक्त सहयोगीहातहरुले ठुलो महत्व राख्दछ। यहाँ केही नामहरु तल माथि हुनगए पछी सचयाउने नै छौ ।
१करोड वन धरौटि र ११लाख वन मासिक भाडा र बिजुलि पानी आदिको खर्च सहित गर्दा मासिक १४~१५लाख वन NRNएउटा संस्थाले मात्र थेग्न गाह्रो भएको र यस्तै तरिकाबाट संचालन गरिरहने हो भने छिटै नै बन्द हुने अवस्था देखिए पछि वर्तमान कार्यसमिति र अन्य संघसंस्थासँगको अन्तर्कृया र छलफल पछि नेपाल हाउसलाई सबैको साझा घर बनाउने निर्णय स्वरूप अहिलेको महामेला अभियानको शुरूवात भयो । 'सिजाकी भानइदा시작이 반이다' नेपाली अर्थ 'शुरू गर्नु नै आधा हो' भन्ने उखान यहिं आएर चरितार्थ हुन पुगेको छ । नेपाल हाउसको स्थापना, विस्तार र दीर्घकालिन आफ्नै घर बनाउने कोरियावासी नेपालीहरूको सपना साकार पार्न र अहिलेको यो अभियानमा लागि परेको 'नेपाल हाउस ब्यवस्थापन समिति'लाई अहिलेको सम्पूर्ण नेपालीहरूको सहयोगले ठूलो हौसला मिलेको छ । यो अभियानलाई यसरि नै अघि बढाउदै लान सके र कोरियाबासी ३०हजार नेपालीहरूले यो हाम्रो घर, हाम्रो संस्कृति र हाम्रो गौरब सम्झीएर यथासक्य सक्दो सहयोगका हात बढाइदिने हो भने हामी हाम्रो सपना साकार पार्न सक्छौं । नेपाल हाउसलाइ विकाश गर्ने क्रममा हाल हामी दोश्रो चरणमा प्रवेश गरेका छौं । यो अहिलेको अभियानले नेपाल हाउसलाइ बचाउने र दीर्घकालीन बाटोमा अघि बढ्न खुडकिलो माथि उठाइदिएको छ र आशाबादी पनि बनाएको छ । हाल हाम्रो देश नेपाल राजनैतिक मेलमिलापको विमुख भएर निरासावादि बनिरहेका हामी गैर आवासिय नेपाली र स्वदेशकै नेपालीहरूलाइ पनि एकताको एउटा सन्देश दिइरहेको छ भने अर्कोतिर जस्तासुकै समस्या र बेमेलका विच पनि साझा एजेन्डामा अहिलेका युवा पिंढि एक बन्न सक्छन भन्ने उदाहरण बन्दै गएको छ कोरियाको नेपाल हाउस अभियान । हामी विगतलाइ पनि सम्झन सक्दो कोरियावासी नेपालीहरूको एकतालाइ, जस्तै 'डोल्मा बचाउ, विज्ञान राइ, अनिस खालिङ राइ, सेरफ गुरूङ बचाउ अभियान र सुनकोशी बाढी पिडित घटना'मा कोरियाले संसारकै सर्वश्रेष्ठ सहयोग गर्न सफल भएको इतिहास हामी माझ छ ।
परोपकारि मनका धनी आदरणीय कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू ! 'प्रवाशमा नेपाली एकता दीर्घकालिन र ब्यवस्थित नेपाल हाउसको आवस्यकता' भन्ने नाराको महायज्ञमा होमिएको महामेलालाइ यहाँहरूले आआफ्नो गक्ष अनुसारको सहयोग, माया, सल्लाह, सुझावको ठूलो खाँचो छ । हालसम्म चन्दा सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाताहरूलाइ शीर निहुर्याएर सम्मान गर्न चाहन्छु , सहयोगका लागि पर्खिरहनुभएका सबैलाइ सहयोगका लागि आह्वान पनि गर्न चाहन्छु । कोरियामा नेपालीको इतिहास बनाउने काममा तपाइको नामको इटा एउटा पनि नछुटोस, कार्यक्रम हेर्न अरूलाइ निम्ता गर्न सहयोग गरिदिनुहोस, कारणबस आउन नसके हाम्रा विभिन्न क्षेत्रीय प्रतिनिधिहरू मार्फत एक हजार मात्र किन नहोस सहयोग गरिदिनुहोस । 'एक थुकि सुकि सय थुकि नदि' भनेझै हामीले कल्पना गरेको हाम्रै सांस्कृतिक घर कोरियामा बनाउन सक्यौं भने हाम्रा भावि सन्ततिका लागि र हामीलाइ जन्माएर हुर्काउन ठूलो बलिदान गरेको हाम्रो मातृभुमिको ऋण तिर्ने मौका हामीलाइ मिलोस । नेपाली भएकोमा गौरब गर्ने इतिहासको गाथा बनोस ।
प्रवाशको बसाइ आफैंमा त्यति सजिलो छैन । विभिन्न क्षेत्रमा आआफ्नै उद्देश्य लिएर कोरिया आउनु हुने सबैको सपना साकार हुन् । स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो आफैंले धेरै ख्याल गर्नुहोला । आउनै लागेको कोरियन नया वर्ष 'सल्नाल्'को उपलक्ष्यमा यहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित जय नेपाल ! जय महामेला !! जय कोरियावासि नेपाली एकता !!! सबैलाइ दिएरै खान पुगोस ।
के. पी. सिटौला
NRN अन्तर्राष्टिय समन्वय समिति (ICC) सदस्य, कोरिया ।

0 comments
Write Down Your Responses