दक्षिण कोरियामा पहिचान बादिहरुको मोर्चा गठन

चुडामणि अधिकारी ,कोरिया 
पहिचान र अधिकार स्थापित गरि उत्पीडित राष्ट्रियताहरुको हक अधिकार सुनिश्चितताको लागि ऐतिहासिक(भुगोलमा बसोबासको निरन्तरता ) रूपमा,सास्कृतिक रुपमा ,भाषीक रुपमा ,भौगोलिक रुपमा(कर्णाली-सुदुरपश्चिमको सेरोफेरोमा),भौगोलिक रुपमै मधेसमा पछाडी पारियका जनसमुदायहरु र श्रमको आधारमा छुवाछूतमा पारी अमानबिय व्यबहार गरियका उत्पीडित आम जनसमुदायको हक अधिकार सहितको पहिचानमा आधारित प्रदेशहरु निर्माण गर्न सशक्त भुमिका  खेल्न दक्षिण कोरियामा कृयासिल एनेकपा माओवादी सम्बद्ध नेपाली जनअधिकार मन्च दक्षिण कोरिया,संघीय समाजबादी सम्बद्ध संघीय समाज दक्षिण कोरिया र संघीय लिम्बुवान पार्टी सम्बद्ध संघीय लिम्बुवान समाज दक्षिण कोरिया को भेला आज 2015-2-20तुङ्देमुनमा नेपाली जनअधिकार मन्च दक्षिण कोरियाका बरिस्ठ सल्लाहकार दिलिप धितालको अध्यक्षतामा भयको थियो।

उक्त भेलाले नेपाली जनअधिकार मन्चका अध्यक्ष सागर न्यौपानेको संयोजकत्वमा 13 सदस्य प्रबक्ता प्रकाश लिङ्देन सदस्यहरुमा क्रमश दिपेन राई,चुडामणि अधिकारी,पृतम गुरुङ ,पुरन राना मगर,गनेश कालिकोटे,पदम लावती,चित्र मोक्तान ,डीक राइ,नन्द काम्बाङ,याम कुमार राई र टीका राई रहनु भयको छ।
आगामी फाल्गुन 16 गते काठमाडौंमा हुने शक्ति प्रदसनमा प्रवासबाट सक्दो आर्थिक,नैतिक र प्रचार प्रसारमा योगदान पुर्यायर सहयोग गर्ने प्रतिबद्धता भयको जानकारी नेपाली जनअधिकार मन्चका प्रचार संयोजक तथा गठबन्दनका सदस्य चुडामणि अधिकारीले हाम्रा सम्बाददाता लाई दियका छन।
काङ्ग्रेस यमाले द्वारा यकल जातिय पहिचान र यक मदेश यक प्रदेशको माग एमाओवादीले गर्यो भनी जनतामा गलत प्रचारबाजि र प्रोपोगन्डा मच्चायकोले सम्पुर्ण आम जनसमुदायहरुलाइ स्पष्ट पार्न 30 दलिय मोर्चाले राखेको 10 प्रदेशको धारणलाई समर्थन गरि सोही अनुसार आन्तरिक प्रशिक्षण र अन्तरकृयाहरु गर्दै जाने पनि निर्णय गरियको छ।
एन अार एन कोरिया द्वारा आयोजित नेपाल हाउस ब्यबस्थापन समिती द्वारा संचालित  10 करोड वन संकलन गरि नेपाल हाउस स्थापना गर्ने अभियानलाई अतुलनीय सहयोग पुर्याउने सबै धन्यवादका पात्र छन।तथापी जसरी कलाकारको भेषमा मह जोडीले गर्दै आयको हर्कत र व्यापार निन्दनीय छ।सार्वधिक महङ्गो नाटक र पहिचान र अधिकार दिलाउन लागि परेका नेताहरुको हुर्मत लिन उनिहरु लागि परेको निश्कर्शमा हामी पुगेका छौ।
अफगानिस्तान,सुडान,सोमालिया र रुवान्डाको उधारण दियर नाटक मन्चन गर्ने यी कलाकारहरु लाई त्यहाँको बास्तबिकता के हो अध्यन गर्न हामी (मदनकृष्ण श्रेष्ठ र हरिबम्श आचार्य )चुनौती दिन चाहान्छौ। नेपाललाई रुवान्डा बनाउने कि अधिकार सहितको पहिचान दियर रुवान्डा हुन नदिनको लागि आ-आफ्नो ठाँउ बाट भुमिका खेल्ने यो आजको सोचनिय विषय हुन पुगेकोले सबै न्याय प्रेमी जनसमुदायहरुमा छातिमा हात राखी हालको राष्ट्रिय गान सम्झेर सोच्न अनुरोध गर्दछौ ।-

0 comments

Write Down Your Responses

-->