स्वार्थी हुन्छ मान्छे

गजल- 
क्रिश गुल्मेली बाबू

आफूलाई चाहिदा घरी-घरी माग्छ
मांगी चीज़ लगेपछि फिर्ता कहाँ गर्छ !
आफ्नो काम चलिगयो अरुलाई कहाँ चाहिन्छ
आफूले दिन नसक्नेले किन माग्नु पर्छ !
लिएको चीज माग्यो भने उल्टै आईलाग्छ
तेहि भयर नै मान्छे स्वार्थी हुन्छ!!

आफ्नो चाहाना पूरा गर्न हरेक बहाना गर्छ
त्यही बहाना पूरा गर्न अनेकौ झूट बोल्छ!
झुठो बोली सबै बाट आफ्नो लक्ष्य पूरा गर्छ
लक्ष्य पूरा भएपछि सबै लाई भुल्छ!!
त्यही भुल्ने बानिले नै मान्छे स्वार्थी हुन्छ!

आफ्नो ठुलो गल्ती सधै सानो हुन्छ
अरुको सानो गल्ती सधै ठुलो हुन्छ!
आफ्नो आँगको हात्ती नदेख्नेले के भन्न मिल्छ?
अरुको दुःखमा सधै हाँसि दिन्छ!
आफ्नो दुःखमा सधै रोइ दिन्छ
त्यही नबुझेर नै मान्छे स्वार्थी हुन्छ!!!

          क्रिश गुल्मेली बाबू, कोरिया

0 comments

Write Down Your Responses

-->