कोरियामा किराँत याक्थुङ चुम्लुङले सिरिजंङ्गा भाग -३ ल्याउने
सान्त लिम्बु ,दक्षिण कोरिया
नोभेम्बर ३०
किराँत याक्थुङ चुम्लुङ कोरियाले आउदो सलनालको अवसर पारेर सिरिजंगा सास्कृतिक सौगात आयोजना गर्ने भएको छ |शनिबार चुम्लुङको कर्यकालयमा बसेको बैठकले सलनालको पहिलो दिन १८ तारिख कार्यक्रम गर्ने औपचारिक निर्णय गरेको हो |कार्यक्रमको उद्धेश्य लिम्बु भाषाको पाठ्यक्रम बिकासका लागि सहयोग गर्ने राखिएको छ |
कार्यक्रमलाई सफल बनाउन बिभिन्न समितिहरु गठन गरिएको छ | जस अनुसार शमशेर पन्धाकको संयोजकत्वमा ५०० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ | समितिको सह- संयोजकमा चुम्लुङका उपाध्यक्ष सन्तोष मादेन रहेका छन् |समितिमा संखुवासभा,धनकुट्टा,सुनसरी,मोरङ, तेर्हथुम,ताप्लेजुङ,पांचथर ,इलाम र झापा गरि लिम्बुवानको ९ जिल्लाको प्रत्येक गाउँबाट अनिबार्य सदस्य राखिएका छन् | त्यस्तै आर्थिक समिति संयोजकमा नोगेन नेम्बाङ र क्षितिज लावती ,प्रचार प्रसार समितिको संयोजक दीपक चेम्जोङ रहेका छन् |
अन्य आवश्यक समितिहारू आउँदो शनिबारको बैठकले निर्णय गरिने जनाइएको छ | सो दिन नै एक पत्रकार सम्मेलन गरि कलाकार कलाकार र हल घोषणा गर्ने योजना रहेको चुम्लुङका एक सदस्यले बताए |यस अघि नै गठन गरिएको कलाकार छनौट समितिले नेपालका ख्याती प्राप्त कलाकारहरुसंग सम्झौता भैसकेको संयोजक पन्धाकले बताएका छन् |हिजोको बैठकले कोरियाबाट संचालित अनलाइन खारा पत्रिकाहरु nepalkoreanews.com,nepalikorea.com.hellonepalkorea.com,pardeshilife.com,namastenepalkorea.com र fonijkorea.comलाई मिडिया पाट्नार राख्ने निर्णय पनि गरिएको छ |

0 comments
Write Down Your Responses