कोरियाद्वारा ४ नेपाली कामदार पुरस्कृत
नमस्ते नेपाल कोरिया डट कम
दक्षिण कोरियाले ४ नेपाली कामदारलाई पुरस्कृत गरेको छ । सामाजिक सञ्जालमार्फत अनुभव उत्कृष्ट लेखन प्रतियोगिताका आधारमा उनीहरू पुरस्कृत भएका हुन् ।
मंगलबार कोरियाको मानव संशाधन विकास (एचआरडी)अन्तर्गतको ईपीएस कोरिया सेन्टर नेपालका निर्देशक इ दोङ सकले कोरियाबाट फर्की अनुभव लेखन प्रतियोगतामा उत्कृष्ट ४ नेपाली कामदारलाई पुरस्कृत गरिएको बताएका छन् । रुपन्देहीका हिरामणि भट्टराई उत्कृष्ट अनुभव लेखनबाट पुरस्कृत भएका छन् । त्यस्तै पर्वतका सूर्यप्रसाद न्यौपाने द्वितीय र स्याङ्जाका सुरेन्द्र भुसाल तृतीय पुरस्कारबाट सम्मानित भएका छन् ।
सामाजिक योगदान शीर्षकअन्तर्गत आफ्नो आम्दानीको १ प्रतिशत इँटा भट्टामा काम गर्ने मजदुरका छोराछोरीलाई शिक्षामा खर्च गर्ने अठोट गरेका ट्राभल एजेन्सी व्यवसायी होमनाथ भट्टराईलाई उत्कृष्ट सामाजिक योगदान लेखन पुरस्कार दिइएको छ ।
पुरुस्कृत कामदारले कोरियामा अवैध रूपमा नबसी त्यहाँ सिकेका सीप तथा पुँजीलाई नेपालको आर्थिक विकासमा सहयोग पु¥याउने हिसाबले अनुभव लेखेका थिए । ईपीएस सेन्टर नेपालका निर्देशक इ दोङ सकले प्रमाणपत्र प्रदान गर्दै कोरिया जाने नेपाली कामदारले पुरस्कृत हुनेबाट प्रेरणा लिँदै आर्जन गरेको धन र सीपलाई योजनाबद्ध रूपमा प्रयोग गरी आफूलाई स्थापित गर्नुपर्ने बताए ।
ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले कोरियाबाट फर्केका ४ जना नेपाली कामदारले उद्यमी बनेर रोजगार सिर्जना गर्नुका साथै आर्थिक विकासमा टेवा पु¥याएको भन्दै ती युवाको प्रशंसा गरे । “हामीले कोरियाबाट फर्केका कामदारको सीप तथा पुँजीलाई उपयोग गर्न नीतिगत निर्णय गरिसकेका छौं,” उनले भने ।
कोरियाको सीपले ३० लाई रोजगारी
दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारले आफ्नो सीप र पुँजी उपयोग गरेर व्यवसाय सञ्चालन गरी ३० कामदारलाई रोजगारी दिएका छन् । अनुभव लेखनमा उत्कृष्ट भएका रुपन्देन्दीका हिरामणि भट्टराईले वायरिङका पाइप उद्योग खोलेका छन् । कोरियामा वायरिङ पाइप उत्पादनमा काम गरी फर्केका भट्टराईले ३० जनालाई रोजगारी दिएका छन । “कोरियाबाट जुन काम मैले सिकेको थिएँ, त्यही सीप र पुँजी नेपालमा लगानी गरेको छु,” उनले भने । अब विस्तार गरेर ८० जनालाई रोजगार दिने उनको लक्ष्य छ । वायरिङ पाइपको मागअनुसार उत्पादन नभएकाले उत्पादन विस्तार गर्न लागिएको भट्टराईले बताए ।
0 comments
Write Down Your Responses