कोरियामा बाग्लुङले जिते एस.एम.टि भलिबल प्रतियोगिताको उपाधी
सज्जन कुमार सिँह ,दक्षिण कोरिया
एस. एम. टि स्याङ्जाले आईतबार दक्षिण कोरियामा आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाले हात पारेको छ ।
फाइनल खेलमा प्रतिद्वन्दी गुल्मी सम्पर्क समितीलाई हराउँदै बाग्लुङले आफ्नो प्रथम उपाधी सुरक्षित गरेको हो ।
१४ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा कास्की सम्पर्क समितीले तेश्रो स्थान हाँसिल गरको हो ।
विजयी प्रथम, द्वितीय र तृतीय टिमले क्रमशः १०लाख वन, ७ लाख वन र ४ लाख वनसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दक्षिण कोरियामा नेपालीहरुले सांस्कृतिक तथा खेलकुदको विकासलाई निरन्तर अघि बढाउँदै आएका छन् । मासिक रुपमा यहाँस्थित जिल्ला सम्पर्क समिती बीच भलिबल आयोजन गर्ने होड बाजी नै चल्ने गरेको छ । खेलकुद तथा सांस्कृतिक कार्यक्रमले नेपाली बीचको आपसी जमघट मेलमिलापलाई अझै प्रगाढ बनाउने गरेको छ ।

0 comments
Write Down Your Responses