नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको अधिबेशन तयारी बैठक सम्पन्न

नमस्ते नेपाल कोरिया संवाददाता 
एकीकृत ने.क.पा. माओबादिको प्रबासी संगठन   नेपाली जनअधिकारी मन्च दक्षिण कोरियाको आगामी अगस्ट ३  तारिकमा हुने तेस्रो अधिबेसनको तयारी बैठक जुलाइ २०  गते जोङगाकको  दुर्गा रेस्टुरेन्टमा दिपक पुनको अध्यक्षतामा सम्पन्न भएको छ l

उक्त  बैठकमा अतिथिको रुपमा अन्तर्राष्ट्रिय बिभाग सदस्य क.रोशन , क.राज को उपस्थितिमाअधिबेसन सम्पन्न गर्न विभिन्न बिभागहरु गठन गरिएको  मन्चका प्रचार बिभागका संयोजक चुडामणि अधिकारिले नमस्ते नेपाल कोरिया डट कम लाइ बताए l  संयोजक अधिकारीले  आउदो ३ अगस्त  मा हुने अधिबेसनको  उद्घाटन  गर्न एमाओबादी उपाध्यक्ष, अन्तर्राष्ट्रिय बिभाग प्रमुख, पुर्वउपप्रधानमन्त्री नारायनकाजी श्रेष्ठ ( प्रकाश)  आउनुहुने निश्चित भएको  पुन बताए l
उक्त अधिबेशन  सउलको  लाइन न.३ र ६  याक्सु स्टेशन गेट न ५  बाट सिधा अगाडि रहेको हलमा सम्पन्न हुन लागेको हो l 

0 comments

Write Down Your Responses

-->