कोरियामा लक्ष्मी प्रसाद भण्डारीको नेपाली लोकसंगीत मोह
झविन्द्र बेलवासे ,दक्षिण कोरिया
भनिन्छ गीत संगीत जीवनका अभिन्न अंग हुन् र जीबन जिउने क्रममा भूगोलको परिधिभित्र आफैलाई बाँधेर राख्न कठिन छ । जबकी समस्याहरुका निम्ताहरुमा आफैलाई उपस्थित गराउन मानिस बाध्य हुन्छ, तर भुलाउने माध्यमपनि आफैभित्र हुन्छ जुन गीत संगीत साहित्य आदि भएर पोखिने गर्दछ । जसले आफैलाई नभई अरुलाई पनि जिन्द्गी काट्ने उर्जा प्रदान गर्दछ । आफ्नो जन्मथलो छोडेर समस्याका पोका पुन्तरा बोक्दै परदेश हिडेपछि मानसपटलमा कस्तो भावना उत्पन्न हुन्छ भन्नेकुरा त पढेको भन्दापनि परेको लाई थाहा हुने कुरा हो | त्यस्तै भावनालाई पोख्नको लागि सारंगी , बाँसुरी , सनई बोकेर दौरा सुरुवाल टोपी लगाई परदेश पस्ने लोक पारखी मध्ये एक हुन् जन्मघर भलाम ,पोखरा हाल लेखनाथनगरपालिका १२ निवासी लक्ष्मी प्रसाद भण्डारी जो अहिले दक्षिण कोरियामा इपीयस भिषामा कार्यरत छन् ।
रोइला भाकामै भण्डारी भन्नु हुन्छ “ दिन पुगेको छैन सालले भएँ बत्तीस , रोइला गाउन खप्पिस” आहिले उमेरले ३२ औं बसन्तमा टेक्नुभएका उहाँले आफ्नो बाल्यकाल देखि नै लोक गीत प्रति अत्यन्तै मोह भएको र नेपाली लोक गीत संगीतलाई जगेर्ना गर्नुपर्ने जिम्वेवारी हामी नेपालीको काँधमा हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ | वर्तमान समयमा नेपाली कला संस्कृति संकटमा परेको र नयाँ युवा पुस्ताहरु बिदेशी ढर्रा देखाउन खोज्नुले भविष्यमा आफ्नोपन कतै गुम्ने हो कि भन्ने चिन्ता लागेको बताउँदै बिदेशमा रहेर पनि बाहिर घुमफिर गर्दा समेत दौरा सुरुवाल र टोपी लगाएर निर्धक्कका साथ हिड्नुहुन्छ |
दक्षिण कोरियाको गुन्सान सहरमा काम गर्दै आउनु भएका भण्डारी पहिले पनि खाडी मुलुकमा ५ वर्ष काम गरेको त्यहाँ बस्दापनि आफ्नो असल मौलिकपन देखाउन लाज मान्ने थुप्रै साथिहरु भएको तर आफुभने आफ्नो लोक संस्कृति लाई बचाउनु पर्ने पक्षमा सधै लागिपरेको बताउनु भयो | अत्यन्तै मिठो स्वरमा गीत गाउँदै आफैले हार्मोनियम र सारंगी रेट्दै सुख -दुखका पल हरु लाई प्रस्तुत गर्ने भण्डारी बजारमा आफ्नो खास म्युजिक भिडियो ल्याएको नभएपनि लुकेको कला लाई फुर्सदको समयमा साथीभाई जम्मा पार्दै मनोरञ्जन दिनुहुन्छ |
नेपाली मौलिक नौमती बाजा मा माधुर्यता थप्ने सनही लाई परदेशको सुख: दुखको आवाज पोख्ने माध्यम बनाउँदै सनही बजाउन सिपालु भण्डारी सनही बोकेर नै कोरिया आएको बताउनु भयो | सानै देखिको रहर तर बाध्यताले पर्याप्त समय दिन नसकेकाले सांगीतिक क्षेत्रमा त्यस्तो उपलब्धि गर्न नसकेको भएपनि आफ्नो कला लाई साथीभाईको जमघटमा प्रस्तुत गर्दै सबैले रुचाउने व्यक्तित्व बन्न सफल भएकोमा अत्यन्तै हर्षित भएको बताउनुहुन्छ |
परदेशमा धेरै दुख पीडाका समाचार सुनिने तर राम्रा समाचारको खोजी कतै नभएको भन्दै पत्रकारिता गर्ने साथिहरुले सबैमा उमङ्ग छाउने खालका समाचारको खासै खोजि नगरेको गुनासो गर्नुभयो | काम पछिको थकान लाई अलिकति भएपनि मनोरञ्जनले उर्जा थप्ने भएकाले प्रायजसो साथिहरु मनोरञ्जनको साधन केवल मदिरालाई बनाउने गरेकोमा दुख: लागेको बताउनुभयो | कोरियाको सउल टावरमा बसेर बाँसुरी बजाउँदै रेसम फिरिरिको धुन ले लोकप्रिय हुनुभएका भण्डारी फेसबुक मार्फत लोक रोइला –पप गीतको नयाँ फ्युजन को प्रस्तुतिले पनि साथीहरुमाझ लोकप्रिय बन्न सफल हुनुभएको छ |
1 comments
Write Down Your Responses
June 11, 2014 at 4:20 AM
la badae cha lp bhandari ji lae